Lumbini-Kapilvastu Global Campaign honored who fought for motherland

Posted on / News and Updates / By www.nepaljapan.com

समस्या समाधानतर्फ दुबै देश सक्रिय हुनुपर्ने, घाइतेको निःशुल्क उपचार होस्

बेल्जियममा सक्रिय रहेको नेपालीहरुको संगठन लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमले सप्तरी जिल्लाको तिलाठी गाविस अन्तरगत नेपाल भारत सीमा क्षेत्र दशगजामा भएको झडपमा १० जना नेपाली घाइते र बालकसहित दुईको अवस्था गम्भीर भएको प्रति गम्भीर ध्यानानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा आफ्नो मातृभूमि नेपालको रक्षाको खातिर एकतर्फीरुपमा भारतीय पक्षले नेपालको सिमाना मिचेर बाध निर्माण गर्न लाग्दा उक्त घटनामा बहादुरीका साथ प्रतिकार गर्नु हुने पूर्व जिविस सदस्य देवनारायण यादव लगायत ती सम्पूर्ण नेपाली सपुतहरुप्रति संस्था हार्दिक सम्मान गर्दछ भनिएको छ ।

संस्थाका अध्यक्ष दामोदरप्रसाद आचार्यले एक विज्ञप्ति जारी गरी यस घटनाले भारतीय पक्षबाट बेलाबखत हुने गरेका सिमा अतिक्रमणको विषयलाई फेरि एकपटक गम्भीर भएर दुवै देशका सरकारले दुई देशको सरकारी र जनस्तरको सम्बन्धलाई सुमधुर राख्दै अघि बढ्न र यस्ता समस्या नदोहोरिउन भन्ने ध्येयले समाधानको लागि पहल गरिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

त्यस्तै झडपमा घाइते भएका सम्पूर्ण देशका सपुतहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दै घाईतेहरुको निशुल्क स्वास्थ्य उपचारको लागि लुम्बिनी(कपिलवस्तु विश्व अभियान, बेल्जियम नेपाल सरकारसंग अपील समेत गरिएको छ ।